लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीकालागि कुलप्रसादकाे दाबी, एमाले परित्याग गर्नेहरूकाे सूचि लम्बिदै

khabarwave
१९ बैशाख २०७८

काठमाडौं । लुम्बिनी प्रदेशको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सामू दाबी पेश गरेका छन् । सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि उक्त दाबीमा  हस्ताक्षर गरेका छन् । उता नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।  कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुख सामू राजीनामा पेश गरेका हुन् । उनले राजीनामा पत्रमा   हालको राजनीतिक परिस्थिति नियाल्दै आइतबारकै मि.... पुरा पढ्नुहोस

२४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

khabarwave
१९ बैशाख २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको हाे ।  .... पुरा पढ्नुहोस

मनोरञ्जन