काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा ओलीले कांग्रेससँग यही बैशाख २७ गते विश्वासको मत मागेका थिए ।भेटवार्ताबारे जानकारी दिँदै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने–‘प्रधानमन्त्रीले विश्वासको मत लिन कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो । हामी विपक्षी पार्टी हौं, हामीले सहयोग गर्ने अवस्था छैन भन्यौं ।प्रधानमन्त्रीसँगको भेटवार्तामा आफूहरुले वर्तमान सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम भएको विषय पनि उठाएको सुनाए । उनले भने,‘हामीले लुम्बिनी र गण्डकीको उदाहरण दियौं । प्रधा.... पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाको निषेधाज्ञा एक साता थप भएसँगै यो अवधिमा निषेधाज्ञा थप कडा बनाइने बताइएकाे छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा.... पुरा पढ्नुहोस