स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु

khabarwave
३० बैशाख २०७९

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ । ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा .... पुरा पढ्नुहोस

भट्टराईलाई २४ घण्टे स्पष्टीकरण, निर्वाचन अधिकृत पनि परे

khabarwave
३० बैशाख २०७९

काठमाण्डाै ।      निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको बताइएकाे छ। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधिएको बताइएकाे छ।  आयोग कानुनको पालना मात्र गर्ने निकाय भएकाले आचारसंहिता कडाइका साथ पालना गरिएको थपलियाले बताए। शुक्रबार बाबुरामले मतदान गरेलगत्तै सामाजिक सञ्जाल मार्फत मतपत्र सार्वजनिक गरेका थिए।.... पुरा पढ्नुहोस

मनोरञ्जन