ओलीले खोजे माधवको साथ

khabarwave
२९ कार्तिक २०७९

सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् । एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् । उनले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल.... पुरा पढ्नुहोस

मतदाता सूचीमा नाम हुने कैदी बन्दीले भोट हाल्न पाउने

khabarwave
२८ कार्तिक २०७९

काठमाडौं। नेपालका विभिन्न जिल्लामा रहेका कारगारमा कुल २७ हजार १९५ जना कैदीबन्दीहरु रहेका छन्। तीमध्ये नेपाली कैदीबन्दीको संख्या २५ हजार ९०६ रहेको कारागारा व्यवस्थापन विभागले जनाएको छ। कारागारमा रहेका कुल कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला रहेका छन्। विभागका अनुसार नेपालमा हाल कैदीको मात्र संख्या १४ हजार ६७८ रहेको छ। कैदीमध्ये १३ हजार ९३० पुरुष छन् भने ७४८ जना महिला रहेका छन्। यस्तै नेपालमा हाल कुल थुनुवा ९बन्दी०को संख्या १२ हजार ५१७ रहेको छ। थुनुवामध्ये पुरुषको संख्या ११ हजार ७७९ र महिलाको संख्या ७३८ रहेको छ। कारागारमा रहेका नेपाली कैदीबन्दी आगामी मंसिर ४ गते हुने प्रत.... पुरा पढ्नुहोस

मनोरञ्जन