एकैदिन सरकारले लियाे बाेल्ड निर्णय, कामु प्रधानसेनापतिदेखि प्रदेश प्रमुख र योजना आयोगका पदाधिकारीसम्म नियुक्त

khabarwave
१२ श्रावण २०७८

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँने भएपछि शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिइएकाे हाे । त्यसैगरी सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको .... पुरा पढ्नुहोस

सरकार सञ्चालन प्रभावकारी ढङ्गले सञ्चालन गर्ने पाँच दलीय गठबन्धनकाे निर्णय

khabarwave
१० श्रावण २०७८

काठमाण्डाै ।  सरकार सञ्चालन प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको बैठकमा पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदैसहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएकाे हाे । शीर्ष नेताहरूकाे बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा समेत छलफल भएपनि कुनै ठाेस निर्णय भने नभएकाे बताइएकाे छ । देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा पहिलो पटक बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको थिए। प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेका थि.... पुरा पढ्नुहोस

मनोरञ्जन