जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी वार्ता टोली र आन्दोलनरत हिन्दूवादी संगठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ। शनिबार राति धनुषा जिल्ला प्रशासन कार्यालयमा सम्पन्न वार्तापछि दुवै पक्षबीच विभिन्न धार्मिक, सामाजिक तथा प्रशासनिक विषयमा सहमति भएको हो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित १३ बुँदे मागपत्र प्रस्तुत गरेको थियो। सोही मागका आधारमा सहमति जुटाइएको हो। सहमतिअनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अघि बढाइने भए.... पुरा पढ्नुहोस
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सद्भाव र अमनचयन कायम राख्न पाँचबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ। बुधबार साँझ बसेको बैठकमा राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला पक्षका प्रतिनिधिहरू सहभागी भएका थिए। बैठकले जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ। संयुक्त वक्तव्यमा कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा.... पुरा पढ्नुहोस