एकैदिन तीनकुनेसहित ४४ वटै ट्राफिक कार्यालयमा गुर्जोको बिरूवा रोपिए

khabarwave
१५ कार्तिक २०७७

काठमाण्डाै ।    काठमाण्डाैकाे कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले   १५सय गुर्जोको बिरूवा रोपिएको छ। गुर्जोको बिरूवा रोप्ने अभियान आजै एकैदिन उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५र५ वटा गुर्जोको बिरूवा रोपिएको छ। आन्तरिक राजस्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरूवा वितरण गरेको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा एक कार्यक्रमबीच गुर्जोको बिरूवा रोपिएको हो।

रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकाले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरमा यस्ता बिरूवा रोप्ने कामको थालनी गरिएको बताइएकाे छ ।

 

Loading spinner