जसको टिकटकमा १० करोड फलोअर्स छन्

khabarwave
७ पुष २०७७

एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् । एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड ुडिनर विथ द डिमेलियोज्ुमा उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।
डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, १० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्, पत्याउनै गाह्रो छ । उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन् ।

Loading spinner