फिल्म सुटिङकै बेला सुशान्तले ड्रग्स लिएको खुलासा

khabarwave
१२ आश्विन २०७७

ड्रग्स मुद्दामा नाम मुछिएकाको एनसीबीले बयान लिनेक्र जारी राखेको छ । त्यस्तै अभिनेत्री श्रद्धा कपुरलाई एनसीबीको अफिसमा बयानका लागि डाकिएको थियो । उनले बयानका क्रममा ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् । उनले आफुले कहिलै ड्रग्स नलिएको बयानमा भनेकी छन् । उनले फिल्म ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको स्विकार गर्दै पार्टीमा आफूले अल्कोहल पिएको बताएकी छन् । तर त्यो पाटीमा आफुले ड्रग्स नलिएको उनले बताएकी छिन् । फिल्म ‘छिछोरे’मा श्रद्धाले अभिनेता सुशान्त सिंह राजपुतसँग काम गरेको कारण सोधपुछका लागि बोलाइएको थियो । त्यस्तै सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन् । त्यसैले यस बिषयमा सोधपुछका क्रममा अभिनेत्री श्रद्धाले बयानका फिल्मको छायांकनका बेला सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्रग्स सेवन गरेको बयान दिएकी छिन् । त्यो बेला सुशान्तले ड्रग्स लिएको आफुले देखेको बयानमा भनेकी छन् । श्रद्धासँगै आज नायिका दीपिका पादुकोण, साराअली खानको पनि एनसीबीले बयान लिएको छ । अन्यको भनाई बाहिर आएको छैन ।

Loading spinner