चाँंगुनारायण नगरप्रमुख कृषि अध्येताकाे टनेलमा

khabarwave
१८ भाद्र २०७७

भक्तपुर । इन्जिनियर ए‌‌ब‌ंं‌ अध्येता कृष्णभक्त ‌ दुवालले चाँंगुनारायण नगरपालिका वडा नं २ न्हतीको जग्गामा गरेको अनुसन्धानमूलक गोलभेडा खेतीको भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले निरीक्षण गर्दै   अनुसन्धानले नयाँं तथ्य थाहा पाउने र यसले समाजलाई अगाडि वढाउन सजिलो हुने भएकाले अनुसन्धानमा जोड दिएका छन् । नेपाल कृषि प्रधान देश भएको चर्चा गर्दै उनले कृषि अनुसन्धानलाई अझ वढ्ता जोड दिनुपर्ने तर्क‍ राख्दै युवा इन्जिनियर दुवालको अनुसन्धानमूलक गोलभेडा खेतीको कार्यले नेपालको कृषि क्षेत्रका  मुख्य समस्या पहिल्याउन सहयाेगी हुने विश्वास लिएका छन । निरिक्षणपछि उनले सामाजिक संजालमार्फत इन्जिनियर ए‌‌ब‌ंं‌ अध्येता कृष्णभक्त ‌ दुवालकाे कदमकाे मुक्तकण्ठले प्रशंसा गरेका छन्।उनले भनेका छन्-
कालो बादलमा चाँदीको घेरा 
एकातर्फ कोभिड (१९ को विस्वब्यापि महामारी , त्यसको कारणले उत्पन्न भय , अभाव आदिले अहिले हामी अक्रान्त छौं । अर्कोतर्फ हाम्रो कृषिप्रधान देश ।करिब ६०५ जनता कृषि पेसामा निर्भर छन् भने देशको कुल गार्हस्थ उत्पादनको २७५ योगदान कृषि क्षेत्रको छ । प्रमुख बालि धान हो । यसपालि धानबालीको लागि मौसम अनुकूल भएको छ । तर सधै झै मल चाहिने समयमा पुगेन र किसान निराश हुन थाले । रसायनिक मल कारखाना हाम्रो देशमा छैन र हुदैन ।बिषादियुक्त तरकारी आयत र उत्पादन हाम्रो नियति बनिरहेको छ । चीनकाे Wuhan University of TechnologyPHDअध्यनरत  उत्साही युवा दुवाल यी दुवै समस्याको एकसाथ समाधानका लागि अनुसन्धानरत हुनुहुन्छ ।जो बिषादि रहित , रसायन रहित , ढुवानी भाडा शून्य जस्तै , पोषणयुक्त र आधा कम लगानी हुने , मा अनुसन्धान र परीक्षण गरिरहनु भएको छ । उहाँको परीक्षण सफल भएमा  सुनिश्चित जस्तै देखिएको छ – नेपालमा कृषिमा क्रान्ति हुनेछ । अरबौं रकम बगाएर पनि समयमा मल नपाएर किसानले छटपटिनु पर्ने छैन भने उपभोक्ताले बिषादि मुक्त खान पाउने छन ।जनप्रतिनिधिनै कृषिस्थलमा आएर हाैसला दिएपछि अध्येता दुवाल पनि उत्साही भएका छन भन्छन-यस्ता कार्यले कृषि बिधाकाे अध्यन, अनुसन्धान गर्नेहरुकाे मनाेबल उच्च हुन्छ ।

Loading spinner