मैनालीको नेतृत्वमा सर्च कमिटी गठन

khabarwave
११ भाद्र २०७७

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको छ ।

शिक्षा ऐनमा भएको सातौँ संशोधनमा आयोगमा १ अध्यक्ष र एक जना महिलासहित २ जना सदस्य गरी ३ सदस्यीय आयोग गठन हुने प्रावधान छ । तर हाल दुई सदस्य पद रिक्त छन् । आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहने तीन सदस्यीय समितिको सिफारिसमा नेपाल सरकारले आयोगका पदाधिकारीहरूको नियुक्ति ५ वर्षका लागि गर्ने व्यवस्था शिक्षा ऐनमा छ ।

Loading spinner