कोरोना उपचारमा आयुर्वेद

khabarwave
३ भाद्र २०७७

डा. सरोज विशाल
विश्वव्यापी महामारीको रुपमा तहल्का मचाएको कोरोना भाईरसको संक्रमणबाट नेपाल पनि बञ्चित छैन । विश्वभरि ७ लाख ६४ हजार बढी र नेपालमा मात्र १ सय २ जनाको ज्यान लिईसकेको कोरोना भाईरससँग लड्न रुसले खोप तयार गरिसके पनि नेपाली बजारमा अहिले त्यसको द्रुत पहुँच सम्भव छैन । कोरोना महामारी विरुद्धको युद्धमा र संक्रमितहरुको उपचारमा स्वास्थ्यकर्मीहरु दत्तचित्त भएर लागिपरेकै छन् । राज्यले पनि सक्दो सहयोग गरिरहेकै छ ।

तर, कतिपय अवस्थामा कोरोनाको उपचारमा होमियोप्याथी र एलोप्याथी भन्दा पनि आयुर्वेदिक तथा प्राकृतिक उपचार पद्दति प्रभावकारी साबित हुने सरोकारवाला तथा विज्ञहरु बताउँछन् । यसले कोरोना भाईरसलाई जराबाटै निर्मुल पार्न नसकेपनि रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता भने बढाउने विज्ञहरुको दाबी छ । केही हदसम्म यो सत्य पनि हो । तर, अहिले हाम्रो घरसमाजमा परम्परागत आयुर्वेदिक उपचार पद्दति नै कोरोना विरुद्ध औषधी हो भन्ने भ्रम फैलिएको छ । कतिपय संघसंस्थाले त ‘आयुर्वेद–नो साईड ईफेक्ट’ भन्दै आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरणसमेत गरिरहेका छन् । स्वास्थ्यमा असर नगर्ने भन्दै बिक्री वितरण भईरहेका त्यस्ता औषधीहरुले समाजमा अन्यौल र भ्रम समेत सिर्जना गरेको छ ।

यस्तो अवस्थामा के आयुर्वेदमा कोरोना विरुद्धको औषधी छ रु के बजारमा कोरोना विरुद्धको औषधी भन्दै बिक्री वितरण भईरहेका उत्पादनहरु उचित हुन् रु के आयुर्वेद चिकित्सा पद्दतिले कोरोना जरैबाट निको हुन्छ रु लगायतका अन्य थुप्रै पृथक प्रश्नहरु मन मस्तिष्कमा उब्जिनु स्वभाविक पनि हो । तसर्थ आज हामीले प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा।सरोज विशालसँगको बिशेष कुराकानीमा समाजमा उत्पन्न यिनै प्रश्न तथा जिज्ञासाहरुलाई समेटने प्रयास गरेका छौं । प्रस्तुत छ हाम्रोमत दैनिकका संवाददाता राकेश कर्णले प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा। सरोज विशालसँग गरेको कुराकानी स्

आयुर्वेद चिकित्सा पद्दति
यसलाई यसरी बुझ्नुपर्दछ । आयु भनेको जीवन र वेद भनेको ज्ञान हो । अर्थात जीवन रक्षा तथा संरक्षणका लागि ज्ञानको बोध गराउने शास्त्र नै आयुर्वेद हो । यस अर्थमा निरोगी व्यक्तिलाई रोग नलागोस भनेर स्वास्थ्य रक्षा गर्ने र रोग लागीसकेपछि उपचार गर्ने पद्धति नै आयुर्वेद चिकित्सा पद्धति हो । त्यसकारण जनस्वास्थ्यको सवालमा यो चिकित्सा पद्धति अन्तर्गत सर्वप्रथम व्यक्तिको खयाल राखिन्छ र बिरामी भइहालेपनि प्राकृतिक उपचार गर्ने गरिन्छ ।

आयुर्वेद चिकित्सा पद्दतिका उत्पत्ति 
मानव जातिको सभ्यताको सुरुवातसँगै आयुर्वेद चिकित्साको उत्पत्ति भएको देखिन्छ । पौराणिक ग्रन्थ तथा वेदहरूमध्ये अर्थवेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन गरिएको पाईन्छ । तर पछि गएर आयुर्वेद चिकित्सा पद्धतिलाई नै आधार बनाएर अन्य चिकित्सा पद्धतिहरुको विकास भएको देखिन्छ ।

आयुर्वेदमा रोगहरुको उपचार
आयुर्वेदमा करिब करिब सबै प्रकारका रोगहरुको उपचार सम्भव छ । अलि जटिल प्रकृतिका रोगहरुको उपचार कठिन भएतापनि स्वास्थ्य अवस्थामा भने निकै सुधार ल्याउन सकिन्छ । यसमा जण्डिस, पेटसँग सम्बन्धित रोगहरु, नाक, कान, घाँटी, श्वासप्रश्वास, छातिसम्बन्धी रोग, पाईल्स, फिस्टुला, पथरी र महिनावारी गडबडी लगायतका अन्य थुप्रै रोगहरूको सहजै उपचार हुन्छ ।

कोरोनाको उपचारमा आयुर्वेद
आयुर्वेदमा कोरोना विरुद्धको छुट्टै औषधी छ र उक्त औषधीको सेवन गरे कोरोना नै लाग्दैन भनेर दाबी गर्न सकिँदैन । तर आयुर्वेदनमा कोरोनासँग लडने, रोगप्रतिरोधक क्षमता बढाउने तथा रिकवरी रेट बढाउने उपाय एवं औषधी पक्कै पनि छ । समग्रमा भन्नुपर्दा आयुर्वेदमा कोरोना संक्रमितको निको हुने दर उच्च बनाउने उपचार छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी
रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधी भन्दा पनि हामीले आफ्नो दिनचर्या नै परिवर्तन गर्नुपर्छ । बिहान उठेदेखि राती सुतुन्जेलसम्म विभिन्न दैनिक क्रियाकलापमा परिवर्तन गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । जस्तै हामीले बिहानै ब्रम्हमुहुत्र्तमा उठने बानी बसाल्नुपर्छ । ब्रम्हमुहुत्त भन्नाले सुर्य उदयभन्दा ४५ मिनेट देखि डेढ घण्टाको अवद्यि हो । त्यसपछि हामीले आफ्नो नित्यकर्म गर्नुपर्छ । नित्यकर्म गरिसकेपछि मनतातो पानी खानुपर्छ । त्यस पश्चात पसिना निस्कने गरि कम्तीमा ३० देखि ४५ मिनेट शारिरीक व्यायाम, कसरत वा योगाभ्यास गर्नुपर्छ ।

जसमा १० देखि १५ मिनेटसम्म प्राणायाम, १० देखि १५ मिनेटसम्म लोमविलोम, हाड तथा जोर्नीहरु चलाउने सुक्ष्म व्यायाम तथा मेडिटेसन गर्नु स्वास्थ्यका लागी लाभदायक हुन्छ । त्यसपछि निन्द्राको कुरा गर्दा एउटा स्वस्थ शरिरका लागी कम्तीमा पनि ७ देखि ९ घण्टाको निन्द्रा आवश्यक हुन्छ । त्यही अनुसार सुत्ने बानी बसाल्नुपर्छ । त्यसैगरि हामीले स्वस्थ जीवनयापनका लागी ब्रम्हचर्य अर्थात राम्रो नैतिक आचरणको पालना समेत गर्नुपर्दछ । तसर्थ समग्रमा हामीले आहार, योग, निन्द्रा र ब्रम्हचार्यसहितका ४ वटा पक्षमा विशेष ध्यान दिए रोग प्रतिरोधात्मक क्षमता स्वतः बढछ ।

लाभदायक आहार

हामीले जहिले पनि घरमै बनेको सन्तुलित भोजन सेवन गर्नुपर्छ । बाहिरका जङ्कफुड, फास्ट फुड र फ्राई फुड सेवन गर्नुबाट बच्नुपर्छ । अहिलेको महामारीका बेला त झन् बाहिरको खाना स्वास्थ्यका लागि निकै नै हानिकारक हो । हामीले नास्तामा बिशेष गरि भिटामिन सी जन्य फलफुलहरु जस्तै ः कागती, अम्बा, केरा, स्याउ, आँप र अनार ईत्यादिको सेवन गर्नुपर्छ । यसका साथै अण्डा, दुध, बे्रड, रोटी, चिउरा, भुजा तथा हरियो सागसब्जी सेवन गर्ने बानी बसाल्नुपर्छ । त्यसैगरि खानामा भने भात, रोटी, दाल, हरियो सागपात तथा तरकारी, माछा तथा मासु, दुध, गेडागुँडी, च्याउ र प्रोटिनयुक्त खाना खानुपर्छ ।

प्राकृतिक एवं आयुर्वेदिक औषधी
औषधीको प्रसङ्गमा कुरा गर्दा बिहान व्यायाम तथा योगाभ्यास गरिसकेपछि गुर्जो, अस्वगन्धा, त्रिकटु वा अमलाको सेवन गर्नु उपयुक्त मानिन्छ । यसको सम्मिश्रण रहेको च्यावनप्राश सेवन गर्दा पनि लाभदायक साबित हुन्छ ।

गुर्जो
गुर्जो नेपाल र भारतसहित चीन, श्रीलंका, म्यानमार, थाईल्याण्ड तथा मलेसिया लगायतका मुलुकहरुमा पनि सजिलै पाईने जडीबुटी हो । यसलाई हिन्दीमा ‘गिलोय’ भनिन्छ भने यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । यसले रोगसँग लडने क्षमतामा वृद्धि गर्नुका साथै कमलपित्त र कलोजोसम्बन्धी रोगमा पनि रामवाण औषधीको रुपमा कार्य गर्छ । नेपालमा यसलाई पहिले ज्वरो, रुधाखोकी, चिसो र बाथ रोग उपचारमा प्रयोग गर्ने गरिन्छ । विभिन्न प्रकारका एलर्जी, छालाको रोग तथा पेटसम्बन्धी रोगहरुमा पनि यसको प्रयोग प्रभावकारी मानिन्छ । यसको प्रयोग मधुमेहको औषधीका रुपमा पनि हुने गरेको छ ।

अश्वगन्धा
अश्वगन्धा उष्ण क्षेत्रमा पाईने बुट्यान वर्गको वनस्पति हो । रोगप्रतिरोधक क्षमता वृद्धि गर्नमा सहयोग पुर्याउने यो जडीबुटी करिब ३ हजार बर्षपहिले देखि प्रयोग हुँदै आएको हो । यो जडीबुटी यौन र बीर्य दुर्बलता, बाथ तथा नशारोग, शारिरीक कमजोरी, अजीर्ण तथा अपच, भोक नलाग्ने, श्वासप्रश्वासको समस्या र उच्च रक्तचापका समस्यामा पनि प्रयोग गर्ने गरिन्छ । जराबाट घोडाको गन्ध आउने भएकाले यसलाई अश्वगन्धा भनिएको हो ।

त्रिकटु
त्रिकटु एक प्राकृतिक उपचार स्वरुप प्रयोग गरिने औषधी हो । सामान्यतः यसको प्रयोग रुघाखोकी र तौल घटाउनका लागी गरिन्छ । तर यसमा भएको तत्वहरुले शरीरमा रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्नुका साथै पाचनप्रणाली चुस्त दुरुस्त राख्न मद्दत पुर्याउँछ ।

अमला
अमलालाई भिटामिन सी को मुख्य स्रोत मानिन्छ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरमा माईक्रो सर्कूलेशन अर्थात रक्तसञ्चार प्रक्रिया दुरुस्त बनाईराख्न सहयोग पुर्याउँछ । कोलेस्ट्रोल घटाउन, पाचन प्रक्रिया बलियो बनाईराख्न, कपाललाई स्वस्थ राख्न, स्वस्थ छाला र रोगप्रतिरोधक क्षमता बढाउन यसको व्यापक प्रयोग हुने गदर्छ । यस कोरोना महामारीका बेला अमलाको सेवन अत्यन्तै जरुरी देखिन्छ ।

कोरोनामा वैकल्पिक चिकित्साको प्रयोग
अहिले कोरोनाका सामान्य लक्षणहरु भन्दा भन्दा रुघाखोकी र ज्वरोलाई बुझ्नुुपर्दछ । रुघाखोकी लागेमा दुधमा बेसार मिलाएर पिउनु अत्याधिक प्रभावकारी हुन्छ । करिब १ सय ५० मिलिलिटर मनतातो दुधमा कम्त्तीमा २ ग्राम बेसार मिलाउर पिउनु अत्यन्तै लाभदायक हुन्छ । यसमा भएको एन्टिबायोटिक गुणले लिभरलाई स्वस्थ राख्न सहयोग पुरयाउँछ । यो सँगसँगै हामीले मुलेठी, दालचिनी र त्रिकटुको सम्मिश्रण बनाएर सेवन गर्नुपर्छ । यसले पाचन पक्रिया र रक्तसञ्चार प्रणालीलाई दह्रो बनाएर रोगसँग लडने क्षमता विकास गर्दछ ।

नागरिकलाइ सुझाव
म के भन्न चाहन्छु भने, कोरोना ज्यान लिएरै छोडने महामारी वा भाईरस होईन । आवश्यक सुरक्षा सर्तकताबाट यसबाट बचाव सम्भव छ । तर, संक्रमित भईहाले पनि आत्तिनु भने पर्दैन । अन्य देशहरुको तुलनामा हाम्रो देशको रिकभरी रेट उच्च छ । हाम्रो रिकभरी रेट राम्रो हुनुमा कतै न कतै पूर्वीय दर्शन, आयुर्वेदमा वर्णन गरिएका चीजहरुको प्रयोग र परम्परागत दिनचर्याको पनि ठूलो हात छ । अन्य ठुल्ठुला देशहरुको तुलनामा नेपालको रिकभरी रेट करिब ७० प्रतिशत छ । त्यसैले कोरोनाबाट आत्तिनु पर्दैन । आयुर्वेदमा वर्णन गरिएका बिषयवस्तुलाई आत्मसात गर्न सके कोरोनाबाट जोगिन पनि सकिन्छ र यसलाई परास्त पनि गर्न सकिन्छ ।

Loading spinner