उपनिर्वाचनमा सुहाङ एमालेका उम्मेदवार

khabarwave
११ चैत्र २०८०

काठमाडौं ।  नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।आइतबार बसेको पार्टीको सचिवालय बैठकले इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हाे । एमालेले सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय पनि  गरेको छ ।
यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

 

 

Loading spinner