अब एक घण्टामै श्रम स्वीकृती

khabarwave
८ चैत्र २०८०

काठमाडौं । बैदेशिक रोजगारिमा जानेहरुले अबदेखि एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आगामी शुक्रवारदेखि एक घण्टामैश्रम स्वीकृत दिने भएको छ । यसअघि श्रम स्वीकृत लिन छिटोमा तीन दिनदेखि एक साता समय लाग्ने गरेको थियो । श्रम स्वीकृत दिने कार्यलाई छिटो र छरितो बनाउन सरकारले शुक्रवारदेखि यो व्यवस्था लागू गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले बताउनुभयो । मन्त्री अर्यालले श्रम स्वीकृत लिन वैदेशिक रोजगार विभागमा ठुलो भ्रष्टाचार र ठगी भएका कारण त्यसलाई व्यवस्थित गर्न शुक्रवारदेखि वैदेशिक रोजगार सुचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली सुरु हुने बताउनु भयो । यसअघि एक छिनमा हुने काममा महिना दिन कुराउने काम भईरहेका करण यो सिस्टमले त्यस्ता विकृति छिटै हट्ने उहाको भनाई छ । अब देखि श्रम स्वीकृतका लिनका लागि वैदेशिक रोजगार विभागमा उपस्थित हुनु नपर्ने गरी अनलाइनमार्फत लिन सकिने व्यवस्था गर्न लागिएको हो । यद्यपी त्यसका लागि अहिलेको सिस्टमलाई थप व्यवस्थित गर्न थालिएको छ । विभागको तथ्याङ्कअनुसार हाल दैनिक करिब २ हजार कामदारले नयाँ तथा पुनः श्रम स्वीकृत लिने गरेका छन् ।

Loading spinner