पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ सस्तो

khabarwave
१७ असार २०८३

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले सस्तो भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेपछि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गरिएको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलको २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनको २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्यसमेत घटेर आएको निगमले जनाएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका लागि भने हवाई इन्धनको बिक्री मूल्य ब्रेक–इभेन बिन्दुमा कायम गरिएको निगमले जनाएको छ।

नयाँ मूल्य बुधबार राति १२ः०१ बजेदेखि देशभर लागू भएकाे छ ।

Loading spinner