एसईईमा डेढ लाख विद्यार्थी नन् ग्रेडेड
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो । नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड् थिए । २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।
कुन प्रदेशको अवस्था कस्तो
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष बागमती प्रदेशमा सबैभन्दा धेरै विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् । बागमतीमा २० हजार ४२९ जनाले यो जीपीए ल्याएका हुन् । यस्तै कोशीमा ८ हजार ६७४ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् । मधेशमा ६ हजार १७२, गण्डकीमा ३ हजार ९९९, लुम्बिनीमा ६ हजार ४३६, कर्णालीमा १ हजार २६८ र सुदूरपश्चिममा १ हजार ४१४ जनाले ३।६० देखि ४ जीपीए ल्याएका छन् ।
