मेयर विद्यासुन्दर कोरोना संक्रमणमुक्त

khabarwave
२९ भाद्र २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन ।कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य  भोटेबहालस्थित निजी निवासमा फर्किएका हुन् ।उनी श्रीमतीसँगै आइतबार घर फर्किएका थिए । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेको बताएका थिए । यद्यपि उनी सोल्टी होटलको आइसोलेसनमा बसेको स्रोत बताउँछ ।

केही दिनमा नियमित काममा फर्किने छन ।

Loading spinner