रेशम चौधरीकाे रिहाइ , नेता कार्यकर्ताहरूमाथी मुद्दा चलाउने कार्य नराेकिएकाेमा जसपा सरकारसँग आक्राेशित

khabarwave
२८ भाद्र २०७७

काठमाण्डाै। जनता   समाजवादी पार्टी नेपालले जेलमा राखिएका जेलमा रहेका  पार्टीका नेता रेशम चौधरी लगायतका नेता कार्यकर्तामाथि सरकारी लगाएका मुद्दाहरु खारेज गरी रेशम चौधरीलाई  यथासिघ्र  गर्न रिहाइ गर्न माग गरेको छ । विगतमा पनि पटकपटक उक्त पार्टीले चौधरीको रिहाइका लागि  आग्रह र विभिन्न किसिमका दबाबमूलक चेतावनी तथा आन्दोलन गरेपनि सरकारले उक्त कुरामा सुनवाई नगरेपछि पटक –  पटक   उक्त पार्टीले  चौधरीको मागलाई लिएर सरकारसँग ध्यानाकर्षण गराउँदै आएको छ ।

जनता समाजवादी पार्टी नेपालले ऐतिहासिक  मधेश जनविद्रोह ,थरुहटर आन्दोलनलगायतका विगतमा भएका संघर्ष र बलिदानले  मुलुकमा राजनीतिक परिवर्तन आएकाे भन्दै उसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको   स्मरण गराएकाे छ । मधेस आन्दोलन  आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउनु , धनसम्पत्ति रोक्का गर्ने थुनामा राख्ने जस्ता  कार्य  भइरहेकाले यस्ता कार्यहरु तत्काल रोक्न  माग गरेको छ ।पार्टी अध्यक्ष महन्त ठाकुर र   उपेन्द्र यादबले     भर्खरै जारी   संयुक्तरुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त कुरा जनाइएको हो ।

No photo description available.

Loading spinner