साउन १ देखि काठमाडौंमा ‘ब्लू बस’ सेवा, पहिलो चरणमा आठ बस सञ्चालन हुने

khabarwave
१९ असार २०८३

काठमाडौं– आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा महिलाको सुरक्षित आवागमनलाई लक्षित गर्दै ‘ब्लू बस’ सेवा सञ्चालनमा आउने भएको छ। पहिलो चरणमा उपत्यकाभित्र आठ वटा बस सञ्चालन गर्ने तयारी गरिएको छ।

सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सातै प्रदेशमा महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको हो।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय तथा सहमतिका लागि पत्राचार गरिसकेको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा सुरु गरिने जनाइएको छ।

प्रारम्भिक चरणमा लगनखेल–बूढानीलकण्ठ रुटमा दुई वटा तथा थानकोट–नागढुंगा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन हुनेछन्।

Loading spinner