जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

khabarwave
३० आश्विन २०८२

काठमाडौं । जेनजी आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बुधबार नियन्त्रणमा लिएको हो। शाहीका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । ‘जेन–जी’ आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै शाहीले विभिन्न सरकारी निकायका प्रमुखहरूलाई भेटेर सवाल–जवाफ गर्ने र धम्क्याउने गरेको आरोप लागेको छ।
नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीहरूले समेत उनको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।अनुसन्धानका क्रममा शाही वैदेशिक रोजगारी ठगी र बैंकिङ्ग कसुरमा समेत संलग्न रहेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ। उनी यसअघि पनि २०८२ साल वैशाख २८ गते उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए।

Loading spinner