काठमाडौं सिडियाे कार्यलयले जारी गन्याे नयाँ नियम-राजधानीबाहिर आवतजावतका लागि थप कडाइ

khabarwave
२५ भाद्र २०७७

काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीबाहिर आवतजावतका लागि थप कडाइ गरेको छ ।  बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै कोभिड–१९  बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक काम बाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास उपलव्ध नगराउने प्रशासनले जनाएको हाे ।‘कोभिड १९ को बढ्दो संक्रमणका कारण काठमाडौै जिल्लामा जारी गरेको निषेध आदेशको अवधिमा जिल्लाबाट बाहिर जाने अत्यावाश्यक काम जस्तै दाहसंस्कार, कर्मचारीको सरुवा भै जानुपर्ने लगायतका सवारी साधनलाई सवारी सहजीकरण गरिदै आएकोमा अब उप्रान्त सवारी सहजीकरणका लागि तोकिएको निवेदन, अत्यावाश्यक कामको प्रयोजन स्पस्ट खुल्ने कागजात साथै जाने गन्तव्य जिल्लाको प्रशासन कार्यालयको अनुमतिपत्र तथा सम्बन्धित गन्तव्य स्थानीय तहको सिफरिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि अनुरोध छ जारी सूचनामा भनिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरण सम्बन्धी सूचना जारी गर्दै अत्यावाश्यक कामका लागि भने तोकिएको निवेदन, कामको प्रयोजन खुल्ने कागजात साथै गन्तव्यमा जाने जिल्ला र स्थानीय तहको सिफारिस अनिवार्य पेश गर्नुपर्ने जनाएको छ । सबै कागजात पुरा गरेपछि व्यक्ति स्वयम् सिफारिसका लागि उपस्थित हुनुपर्ने पनि प्रशासनले जनाएको छ ।

 

Loading spinner