बालेनले सेयर गरे हर्क साम्पाङको पोस्ट

khabarwave
१० मंसिर २०७९

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीचको केही समयअघि निकै मनमुटाव देखियो । खासगरि, साम्पाङले बालेनविरुद्ध धारावाहिकरुपमा फेसबुकमा स्टाटस लेख्दै आपसी तिक्तता बढाए । तर, अहिले आएर उनीहरुबीच फेरि सौहार्दता छाएको संकेत देखिएको छ । बालेनले हर्क साम्पाङको एउटा फेसबुक पोस्टलाई आफ्नो समर्थनसहित सेयर गरेका छन् । हर्कले धरानमा कोशीको पानी ल्याउने विषयमा स्टाटस लेखेका थिए । पुरानो तुष बिर्सिँदै बालेनले उनको स्टाटस सेयर गरिदिएका हुन् ।
बालेनले सेयर गरेको साम्पाङको स्टाटस यस्तो छः जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ । अन्यथा उहाँ धरा नआए पनि हुन्छ ।
साम्पाङले चुनावमा धरानको खानीपानी समस्या समाधानलाई प्रमुख मुद्दा बनाएका थिए । निर्वाचित भएपछि पनि उनले यसै विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छन् ।

Loading spinner