हिमाल आरोहणमा कतारकी युवराज्ञीको कीर्तिमान, विश्वविख्यात मोडलले गरे भव्य स्वागत

khabarwave
२२ जेष्ठ २०७९

काठमाडौं । कतारकी युवराज्ञी एआईएमएस अल थानीले एक महिनाको अवधिमा सगरमाथा शिखर लगायत आठ हजार भन्दा माथिका ३ वटा शिखरको सफल आरोहण गरेकी छिन् । छोटो समयमै ८ हजार भन्दा माथिका तीनवटा हिम शिखर सफल आरोहण कीर्निमान कायम गरेकी थानी विश्वमै पहिलो हुनुहुन्छ । युवराज्ञी थानीले आगामी दिनमा ८ हजार भन्दा माथिका विश्वका १४ वटा हिमालको आरोण गर्ने लक्ष्य राख्नुभएको छ । १० दिन १८ घण्टा ३० मिनेटमा तीन पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका लाक्पा टेण्डी शेर्पाको टोलीले युवराज्ञीलाई सफल आरोहणका लागि सहयोग गरेको थियो । युवराज्ञी थानी जेठ १४ गते शनिबार सगरमाथाको सफल आरोहणपछि आइतबार आधारशिवरबाट सिधै काठमाडौं ओर्लनुभएकी युवराज्ञी थानीलाई विश्वविख्यात मोडल आङ तेम्बा शेर्पा लगायतको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भव्य स्वागत गरेको थियो । युवराज्ञी बसेको मेरिट होटलमा उहाँको सम्मानार्थ आयोजित विशेष कार्यक्रममासमेत सहभागी हुनुभएका शेर्पाले कतारकी युवराज्ञीबाट भएको यो ऐतिहासिक कार्यको प्रसंसा गर्दै यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको थियो । युवराज्ञी थानीले सगरमाथा, ल्होत्से र कञ्जनजङ्गा हिमालको आरोहण गर्नुभएको हो ।

Loading spinner