पतंजलि योगपीठ नेपालद्वारा वाढी पहिरो पीडितकालागि राहत वितरण

khabarwave
२९ असार २०७८

काठमाण्डाै।  पतंजलि योगपीठ नेपालले सिन्धुपाल्चोकका हेलम्वु र मेलम्चीका वाढी पहिरो पीडितहरुको लागि राहत वितरण गरेको छ । समाजसेवी भूपेन्द्र थापा मार्फत वाढीपीडितहरुका लागि वितरण गर्ने गरी करिव ५ सय थान त्रिपालहरु पतंजलि संस्थाका ट्रष्टी ई.शालीग्राम सिंहले पतंजलि योगपीठ नेपालको केन्द्रीय कार्यालयमा थापालाई मंगलबार   हस्तान्त्ररण गर्नु भएको हो । त्यसै गरी देशका विभिन्न ठाउँमा आएको वाढीपहिरो पीडितहरुका लागि राहतस्वरुप वितरण गर्नको लागि करिव २ सय थान कम्वल माइति नेपालकी अध्यक्ष एंब समाजसेवी अनुराधा कोइरालाज्यू मार्फत वितरण गर्ने गरी ट्रष्टि शालीग्राम सिँहले केन्द्रीय कार्यालयमा कोइरालालाई हस्तान्त्ररण गर्नु भएको छ । यस अघि पनि पतंजलि योगपीठ नेपालले देशमा विभिन्न समयमा आएका प्राकृतिक विपत्तीहरुमा सदैव उद्धार तथा राहत वितरणका कार्यहरु गर्दै आइरहेको थियो ।

२०७२ सालको महाभुकम्प, विभिन्न समयमा आएका वाढि पहिरो, तथा कोरोना संक्रमण नियन्त्रणमा नगरपालिका, वडा हरु संग समन्वय गरी राहत वितरण गरिएको साथै केही समय अघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना किट समेत वितरण गरिएको जानकारी दिदै पतंजलि योगपीठ नेपालले जनताका पीडामा सदैव साथ र सहयोग हुने गरी निरन्तर लागिरहने र समाज सेवा नै पतंजलिको मुख्य उदेश्य रहेको संस्थाका ट्रष्टी एवं संचालक सिंहले जानकारी दिनु भएको छ ।
पतंजलि योगपीठ नेपालले नेपालमा योग र आयुर्वेदको विकास गरी सम्पूर्ण नागरिकलाई स्वस्थ्य वनाउने मुल नाराका साथसाथै समाजमा आइपर्नै हरेक प्राकृति तथा मानविय विपत्तीहरुमा जनताको सेवागर्ने उद्वेश्य सहित स्वामी रामदेव र आचार्य वालकृष्ण ज्यूको सद्भाव र सहयोगमा पतंजलि योगपीठ नेपालले नेपालमा सामाजिक सेवाका कार्यहरु संचालन गरिरहेको जानकारी संस्थाका प्रशासक  हरि भण्डारीले दिनु भएको छ ।

Loading spinner