सचिब बढुवासँगै पदस्थापना , ज्ञवालीले राष्ट्रपति कार्यालय पाउदा सुबेदी उपराष्ट्रपतिको कार्यालयमा थन्काईयाे, खानेपानी ताकेकालाई बिज्ञानकाे जिम्मा

khabarwave
२२ असार २०७८

काठमाडौँ । वरिष्ठ सहसचिवद्वय मधुसूदन बुर्लाकोटी र सुशील चन्द तिवारी सचिव पदमा  बढुवा भएका छन ।बढुवासँगै बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेश सरकारकाे प्रमुख सचिव र सुशील चन्द्र तिवारीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरिएकाे छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले बढुवा समितिले छुट्टाछुट्टै सिफारिस गरेका बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हाे । बुर्लाकोटी प्रशासन सेवाका र तिवारी प्राविधिक तर्फका हुन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस गरिएको छ भने प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् नियमित बैठकले सचिवहरू तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यलाई सरुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालय , सुदूर पश्चिम प्रदेश सरकारका प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपतिको कार्यालय र  नेपाल ट्रस्टका सचिब  आचार्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे विज्ञान सचिबमा  सरुवा गरिएकाे छ ।

राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा नियुक्त भएसँगै उक्त पद रिक्त थियो । त्यसैगरी सचिव गोपी मैनालीले अनिवार्य अवकाश लिएसँगै उपराष्ट्रपतिको कार्यालय र सञ्जय शर्मा अनिवार्य अवकाशमा गएसँगै विज्ञान सचिवको पद रिक्त रहेको थियो ।

 

Loading spinner