आज दुई सचिवकाे बढुवा हुँदै , चारकाे पदस्थापना, गुहकालागि आधा दर्जन सचिबकाे प्रतिस्पर्धा

khabarwave
२१ असार २०७८

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बैठकले दुई सचिव बढुवाका लागि   ६ सहसचिवको सिफारिस गरेको छ । प्रशासनतर्फ रिक्त १ तथा प्राविधिकतर्फ रिक्त एक पदमा ३/ ३ जनाकाे सिफारिस भएको हो । प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर कर्ण र खगेन्द्रप्रसाद नेपालको सिफारिस भएको छ भने   प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।
उनीहरुमध्ये १/ १ जनालाई आज बस्ने मन्त्रिपरिषदकाे बैठकले  सचिब बढुवा गर्नेछ  ।

मन्त्रिपरिषदकाे यसअघिकाे बैठकले  सचिव दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा खटाइएको छ ।त्यसै गरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा। कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको थियाे ।

उता गृह सचिव बन्न आधा दर्जन सचिवहरूका बीच प्रतिस्पर्धा शुरु भएको छ । प्रतिस्पर्धामा संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयको सचिव यादब कोइराला लगायतका छन् ।

गृह सचिव बन्ने दौडमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य गौतम, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव एकनारायण अर्याल,स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललगायतका सचिवहरू रहेको चर्चा छ ।सरकारले एक हप्ताभित्रै गृह सचिवसहितका विभिन्न मन्त्रालयका सचिवहरूलाई सरुवाको तयारी गरिएको छ ।

Loading spinner