वरिष्ठ सहसचिव सचिब बढुवाकालागि सिफारिस,साेमबारकाे मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै

khabarwave
१५ असार २०७८

काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सचिब बढुवाकालागि सिफारिस गरेको छ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे ।अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस डा. रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा कार्यरत छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव डा. रेग्मीको नाम मात्रै सिफारिस भएको हो ।

 

 

 

Loading spinner