आफ्नै निबासमा प्रधानमन्त्रीलाइ देउवाकाे जवाफ- हामीले सहयोग गर्ने अवस्था छैन

khabarwave
२२ बैशाख २०७८

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा ओलीले कांग्रेससँग  यही बैशाख २७ गते विश्वासको मत मागेका थिए ।भेटवार्ताबारे जानकारी दिँदै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने–‘प्रधानमन्त्रीले विश्वासको मत लिन कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो । हामी विपक्षी पार्टी हौं, हामीले सहयोग गर्ने अवस्था छैन भन्यौं ।प्रधानमन्त्रीसँगको भेटवार्तामा आफूहरुले वर्तमान सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम भएको विषय पनि उठाएको सुनाए । उनले भने,‘हामीले लुम्बिनी र गण्डकीको उदाहरण दियौं । प्रधानमन्त्रीले लोकतन्त्रको लागि हिजो कांग्रेस र एमालेले सँगै लडेको भन्नुभयो । तर, हामीले त त्योअनुसार व्यवहारमा आउनुपर्यो भन्यौं ।

कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा। शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।उनीहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो ।

 

 

 

 

Loading spinner