माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै, नयाँ सत्ता समीकरणको बारेमा छलफल हुने

khabarwave
६ बैशाख २०७८

काठमाडौं ।आज नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दै छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने बताइएकाे छ दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुनेछ ।

नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

 

 

Loading spinner