कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द , केही जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी

khabarwave
३० चैत्र २०७७

काठमाडौं ।  भारतको उत्तर प्रदेशमा कोरोना संक्रमण बढेपछि सबै विद्यालयहरु बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो ।

दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको हो ।कतिपय जिल्लाहरुमा रात्रिकालीन कर्फ्युसमेत लगाइएको बताइएकाे छ ।राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिइएकाे छ ।

यसअघि आठ कक्षासम्मका कक्षाहरु ११ अप्रिलसम्मका लागि बन्द गराएको उत्तर प्रदेश सरकारले सोमबारबाट सबै स्कुलहरु ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।सरकारले खुला स्थानमा हुने कार्यक्रमहरुमा एक सय जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाएको छ ।

Loading spinner