नेकपा एमाले बिभाजनतर्फ, माधवकुमार भन्छन-ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुटाै

khabarwave
१६ चैत्र २०७७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । साे कदमबिरूद्व नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको र ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेकोलगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ।

 

 

 

 

Loading spinner