८ महिनापछि प्रधानमन्त्री र सभामुख बीच भेटमा के छलफल भयाे ?

khabarwave
१५ चैत्र २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । आजको बैठक संसदलाई कसरी प्रभावकारी बनाउने र अड्किएर बसेका महत्त्वपूर्ण विधेयकहरु कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीत रहेको थियो । पुनःस्थापनापछि संसद बैठक कार्यसूची अनुसार अघि बढ्न सकेको छैन भने सरकारले पनि संसद्लाई बिजनेस दिन सकेको छैन ।

संसद्लाई प्रभावकारीरुपमा अघि बढाउन सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउने तयारी पनि गरेका छन् । आजको बैठकमा सापकोटाले सो विषयमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।पछिल्लो पटक भदौको दोस्रो साता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो । लामो समयपछि भएको प्रधानमन्त्री र सभामुखबीच भेटवार्तालाई कार्यपालिका र व्यवस्थापिकाबीचको दूरी घटाउने प्रयासको रुपमा हेरिएको छ । आजको भेटघाटले संसद्को ‘डेडलक’ लाई अन्त्य गर्ने आशा बढाएको छ ।

Loading spinner