अदालतले दिउँसै रात पार्ने काम गरेको प्रचण्डकाे टिप्पणी

khabarwave
१४ चैत्र २०७७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको टिप्पणी गरेका छन ।कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमलले माओवादी र प्रचण्डलाई तेजोवध गर्ने षड्यन्त्र भइरहेको बताउँदै यसको विरुद्धमा आफू लड्न तयार रहेको बताएका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी दलसँग सहकार्यको जरुरी रहेको बताउँदै आफू सँधै पहिचानको पक्षमा रहेको बताए ।

नागरिकको प्रश्न दलहरूको जवाफ कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तर्फबाट माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका तर्फबाट मिनेन्द्र रिजाल सहभागी भएका छन्।

 

Loading spinner