अख्तियारद्वारा कर अधिकृत विचौलियासँगै घुस रकमसहित पक्राउ

khabarwave
२७ फाल्गुन २०७७

काठमाण्डाै । आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासका अनुसार कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको हाे ।

पक्राउ परेका दुबै जनाबिरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबै जना पक्राउ परेकाे बताइएकाे छ ।दुवै जनाले एकजना डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारको भनाइ छ ।

Loading spinner