एकाबिहानै युवकको धारिलो हतियार प्रहार गरी हत्या

khabarwave
२५ फाल्गुन २०७७

काठमाडौं । बारामा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान निजगढ नगरपालिका-९ बुद्धचोक १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा बस्ने गरेकाे बताइएकाे छ ।

उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेकाे र थपअनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading spinner