नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित, डा. रावलकाे प्रश्न-प्रधानमन्त्री कुन पार्टीको हाे ?

khabarwave
२३ फाल्गुन २०७७

काठमाडौं । सांसदको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको थियाे।कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला नेपाली कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका थिए ।  कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । पछि सभामुखले फागुन २६ गते सम्मकालागि बैठक स्थगित भएकाे घाेषणा गुेका छन ।

त्यसअघि बैठकमा सांसद डा. भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका थिए ।प्रतिनिधिसभामा सरकारको तर्फबाट कुनै पनि अध्यादेश आउनुअघि प्रधानमन्त्रीले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ भन्ने प्रष्ट भन्नुपर्ने सांसद रावलले बताए । रावलले  कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरेका थिए ।

Loading spinner