कार रेसिङमा दुर्घटना हुँदा युवकको मृत्यु ,कारबाहीको माग

khabarwave
१७ फाल्गुन २०७७

काठमाडौं । काभ्रेकाे धुलिखेल नगरपालिकाको बिकट क्षेत्रमा रहेको अल्टिमेट हिमालय मोटरल्याण्डमा  शनिबार कार रेसिङमा दुर्घटना हुँदा एक जना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा काठमाडौं बौद्ध तिनचुलीका १६ वर्षीय तेञ्जी सेञ्जिङ छन् ।

उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको र पछि  कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाइएको छ ।मृतकका मामा घिङ ग्याम्जोका अनुसार कक्षा ९ मा पढ्दै आएका उनी शनिबार साथीहरुसँग धुलिखेल गएका थिए । ‘त्यहाँ कार कुदाउँदै गर्दा स्टलमा ठोक्किएर आगलागी हुँदा घटना भएको हाे । कम्पनीले खेल खेलाउँदा व्यक्तिगत सुरक्षाका लागि पालना गर्नुपर्ने सर्तहरु नमान्दा यस्तो भएको बताइएकाे छ ।  पीडितले  घटनामा सञ्चालकको लापरबाही देखिएको बताउँदै कानुन बमोजिम कारबाहीको मागसमेत गरेका छन । कम्पनीका सञ्चालकहरुले भने प्रहरी सोधपुछका क्रममा कार रोक्नुपर्ने ठाउँमा संकेत गर्दागर्दै पनि मृतकले नरोकेकाले घटना भएको दाबी गरेका छन्

 

Loading spinner