पोहोर गरेका हस्ताक्षर प्रचण्ड – माधव पक्षले अहिले आफुविरुद्ध बिक्री गरेको प्रधानमन्त्री ओलीकाे आरोप

khabarwave
१७ फाल्गुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न‘’ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा प्रचण्ड–माधव पक्षलाई आविश्वास प्रस्ताव ल्याएर देखाउन चुनौती समेत दिए । ‘राजीनामा लेख्दिनँ । राजीनामा लेख्नुपर्ने अवस्था होइन, छैन । मैले अरु पनि बाटा समाउन सक्छु । त्यो अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने बाटो पनि छ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले संसदीय दलमा पनि आफनै बहुमत रहेको भन्दै पोहोर गरेका हस्ताक्षर प्रचण्ड माधव पक्षले अहिले आफुविरुद्ध बिक्री गरेको आरोप लगाए । ‘बहुमत छ भनेर छाति पिट्नु बेग्लै हो । पोहोर गरेका हस्ताक्षर अहिले बिक्री गर्नु बेग्लै कुरा हो’, प्रधानमन्त्री ओलीको भनाई छ । उनले प्रतिनिधिसभा विघटन बदर भएपनि अदालतले राजीनामा देउ नभनेको दावी गरे । ‘मैले राजीनामा गर्ने हो भने अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ’ ओलीको भनाई छ ।यदि अविश्वास प्रस्ताव ल्याए असफल पार्ने सामर्थ्य आफुसँग रहेको पनि प्रधानमन्त्री ओलीको भनाई छ । उनले अविश्वास प्रस्ताव आए आफुलाई नेपाली काँग्रेस र जसपाले साथ दिनेमा विश्वस्त रहेको दावी गरे ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवा वा रामचन्द्र पौडेलसँग ३१ सालदेखिको सम्बन्ध र मित्रता रहेको भन्दै आफु प्रजातन्त्र बचाउन लागि परेको बताए ।प्रचण्ड संसदीय दलको नेता माइतीघर मण्डलाबाट छानिएको भन्दै ‘बहुमत उहाँसँग छ भने पार्लियामेन्टबाट प्रधानमन्त्री फेरे भैगो नि’भनेर उनले चेतावनी दिए ।

Loading spinner