आधा दर्जन कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री आज पोखरा जाँदै

khabarwave
१७ फाल्गुन २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली आज  साेमबार  बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जाँदैछन् ।    पोखरा सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा सहभागी हुन र भेलालाई सम्बोधन गर्न उनि त्यता जान लागेका हुन । त्यसैगरी

प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने र दिँउसाे १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न  पोखरा सभागृह जाने कार्यक्रम तय भएको बताइएकाे छ ।पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले ब्रिफिङ गर्ने छ । यि कार्यक्रमपछि ओली सोमबारै काठमाडौं फर्किने छन् ।

 

Loading spinner