संघीय मामिलाकाे प्रस्ताबमा मन्त्रिपरिषदकाे काट्कुट, ३१ जना सहसचिवको सरूवा हुदाँ ५ महनिर्देशकपनि परे

khabarwave
१३ फाल्गुन २०७७

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको हाे ।सरुवाका लागि ७० जना सहसचिवको प्रारम्भिक सूची तयार भए पनि काँटछाँट गर्दै ३५ जना पुर्‍याइएकोमा अन्तिममा निर्णय भएर आउँदा ३१ जनाको मात्रै सरुवा भएको छ ।यस पटकको सहसचिवकासरुवा एकैचोटी मन्त्रिपरिषदबाट निर्णय गराइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रक्षा मन्त्रालयका सहसचिव राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा सरुवा गरिएको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाल र शिव कुमार कार्कीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोग, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक रूपनारायण भट्टराईलाई राष्ट्रपति कार्यालयमा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयका रितेश कुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालयका पुण्य विक्रम पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, गृह मन्त्रालयका अर्जुन कुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकामा सरुवा गरिएको छ ।

यस्तै गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका शोभाकान्त पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका रघुराम बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूर पश्चिममै सरुवा गरेको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं.२ का सचिव भूपाल बराललाई लगानी बोर्डको कार्यालय, मधेस आयोगको भुवनहरि अर्याललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिबावाल तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालय बागमती प्रदेशका डा. हरी लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

 

 

 

Loading spinner