यसकारण प्रदेश १ र ३ मा सरकारबिरूद्व अविश्वास प्रस्ताव

khabarwave
८ फाल्गुन २०७७

काठमाण्डाै । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमपछि राजनीतिक र व्यवहारिक रुपमा पार्टी विभाजित भइसकेकाले अहिलेको प्रदेश सरकार रहनु भनेको लोकतन्त्रमाथि थप प्रहार हुनु हो भन्ने सोचेरै प्रदेश १ र ३ मा अविश्वास प्रस्ताव दर्ता गराएकाे स्थायी कमिटी सदस्य भीम आचार्यले बताएका छन ।  नेकपाको प्रचण्ड–माधव समूहका एक नम्बर प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य  आचार्यले  प्रदेश १ मा  ४० जना सांसद् अविश्वासको प्रस्तावको पक्षमा रहेको  दाबी गरेका छन ।  प्रदेश १ काे सभामा नेकपाका कुल ६५, कांग्रेसका २१, जनता समाजवादीका ३ तथा राप्रपा र लिम्बुवानका १–१ सांसद् छन् ।

आचार्यले प्रदेशसभा भंग गरेर देखाउन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन् । काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै आचार्यले यस्तो चुनौती दिएका हुन् । पत्रकार भेटघाटमा उनले यति लामो समयसम्म संसद्को बैठक नहुने अनि अल्पमतको सरकार चल्ने हुन्छ भन्दै प्रश्न गरेका छन ।मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा नेकपाको प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव दर्ता गराएको थियो । कानुनी रुपमा नेकपा विभाजन नभई जर्बजस्ती ल्याइएको अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानु उचित नहुने धारणा मुख्यमन्त्री शेरधन राईले राख्दै आएका छन् ।कांग्रेस र जनता समाजवादीले पनि साथ दिने भएकाले प्रस्ताव बहुमतले पारित हुने उनले दाबी गरे । ‘

Loading spinner