जेष्ठ नागरिकलाई २३ फागुनदेखि कोभिड-१९ विरुद्धको खोप

khabarwave
५ फाल्गुन २०७७

काठमाडौं । सरकारले  २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या भएकाे अनुमान मन्त्रालयकाे छ । २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँने सुनिश्चतासँगै मन्त्रालयले  जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने मन्त्रालयकाे  भनाइ छ ।

 

Loading spinner