मन्त्रीद्वयकाे आराेप- पूर्वलडाकुका नाममा कराेडाै घाेटाला भयाे,हिसाबकिताब हुनुपर्छ

khabarwave
१ फाल्गुन २०७७

काठमाण्डाै । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक सङ्घर्ष समाप्त भएर देश विकास र समृद्धिमा अघि बढ्ने अपेक्षालाई केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण पूरा गर्न नसकिएको बताएका छन । केही नेताको व्यक्तिगत स्वार्थ र आकाङ्क्षाका कारण परिवर्तनका लागि लडेका योद्धाहरुको खोजी हुन  नसकेकाे बताउदै उनले क्यान्टोनमेन्टमा १९ हजार सेना राखेर रु ३४ हजार भत्ता बुझ्यौँ, करिब रु सात अर्ब घोटाला भएको भन्दै त्यो पैसा कहाँ गयो  त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन ।

पूर्वजनमुक्ति सेना नेपालको आज बुटवलमा भएको राष्ट्रिय भेला तथा अन्तरक्रियामा  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माओवादी जनयद्धका समयमा पूर्वलडाकुका विभिन्न डिभिजनमा झण्डै रु ६० करोडको अनियमितता भएको खुलासा गरेका छन । उनले जनयुद्धका कमीकमजोरी र राम्रा पक्षको विश्लेषण गर्दै यसको स्वामित्व लिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।माओवादीका पूर्वजनमुक्ति सेनाहरूले  आफ्ना माग राख्दै उनीहरुले परिवर्तनका लागि लडेका योद्धाहरु गाँस, बास र कपासका लागि भौँतारिरहेको जनाउँदै सरकारले घोषणा गरेको राहत प्याकेज तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

 

 

Loading spinner