‘प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधि सभा विघटन हुन सक्दैन’

khabarwave
३० माघ २०७७

काठमाण्डाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएका छन । उनले विघटित प्रतिनिधि सभालाई सञ्चालन गर्न सकिने  समेत बताएका छन् ।शुक्रबार बुटवलमा पत्रकारहरुसँग बोल्दै गुरुङले सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने बताए ।

२०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि सुचारु गर्न सकिने नजिर देखाएका छन । सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनबिद्रोहमा परिणत हुनसक्ने गुरुङले औंल्याए ।प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरीत भएकाले चुनाव नहुने उनले ठोकुवा समेत गरेका छन ।

Loading spinner