आजबाट  पत्रकारहरुलाई कोरोना भाइरसबिरूद्वकाे  खोप

khabarwave
२६ माघ २०७७

काठमाडौं । आजबाट  कोरोना भाइरस  खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ।आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई लगाउने तयारी गरेकाे हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार देखि पाँच दिनसम्म अग्रपंक्तितमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पतालबाट  खोप दिइनेछ।

खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिका पत्रकारको विवरण मागेको छ र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।

 

Loading spinner