कांग्रेसका युवा नेताहरू भन्छन -कम्युनिस्टहरूले कहिल्यै पनि देश र जनताको हित चाहदैनन्

khabarwave
२४ माघ २०७७

काठमाण्डाै  । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्टहरूले कहिल्यै पनि देश र जनताको हित नचाहने र  अधिनायकवाद ल्याउन सक्रिय भएर लागेको बताएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ मा नेपाली कांग्रेसको वडा कार्यसमितिले शुक्रबार आयोजना गरेको क्रियाशील कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा नेताहरूले कम्युनिस्टहरूले दुईतिहाइ बहुमत पाउँदा पनि सरकार चलाउन नसकेर संसद विघटन गरेको कारणले लोकतन्त्रको रक्षा कांग्रेसले गर्ने दाबी गरेका छन ।

बर्दिया कांग्रेस सभापति एबं पूर्बमन्त्री सञ्जयकुमार गौतमले कम्युनिस्टहरूको कम्युनिस्टहरूले जनताको अधिकारलाई सधैँ खोस्ने कार्य गरेको  बताए । वडा नं. ३ का सभापति विष्णु थापाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दाहितले कांग्रेस कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र संकटमा परेको ,कम्युनिस्टहरूले कहिल्यै पनि देश र जनताको हित नचाहने गरेकाे  बताएका थिए ।

कार्यक्रममा कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले पार्टीका शीर्ष नेताहरूलाई  मिलेर जानका लागि हामीले दवाव दिनुपर्ने बताउदै ठूला नेताहरूलाई गाली मात्रै गरेर नहुँनेहुँदा घरभित्र समस्याकाे समाधान गर्नुपर्ने धारणा राखेका थिए ।उनले कांग्रेस कमजोर भएकै कारण राष्ट्रियता कमजोर भएको बताउदै एकताबद्व कांग्रेसले मात्र चूनाैती समाधान गर्ने बताएका थिए ।       कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न दल परित्याग गरेर करिब चार दर्जन  कांग्रेसमा प्रवेश गरेका छन् ।

Loading spinner