नागरिक अभियन्ताहरू भन्छन-  प्रधानमन्त्रीलाई अधिनायकवादीको श्रीपेच लगाउने रहर

khabarwave
२४ माघ २०७७

काठमाडौं । सत्तारुढ दलले गरेको सडक प्रदर्शनको नागरिक अभियन्ताहरूले विरोध गरेका छन् ।

नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियन्ता रामजी रामले  तपाईँ केवल नेकपाको प्रधानमन्त्री  नभएकाले सडकमा शक्ति नदेखाइदिन अनुराेध गरेका छन । संसद विघटनको विरोधमा  काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा अभियन्ताहरूले शुक्रबार दरबारमार्ग क्षेत्र ठप्प गरेर सत्तारुढ दलबाट आयोजित सभालाई लक्षित गर्दै उनीहरूले सत्तारुढ दल सडक प्रदर्शनमा उत्रनु गलत भएको बताएका हुन् ।

अभियन्ताले सनकमा गरेको संसद विघटनले संविधान र लोकतन्त्र संकटमा परेको बताउदै   प्रधानमन्त्री केपी ओलीजीलाई अधिनायकवादीको श्रीपेच लगाउने रहररहेकाे समेत दाबी गरेका छन ।

 

Loading spinner