मुख्यमन्त्रीसहित मन्त्रीहरूनै आमहड्ताललाई समर्थन गर्दै सडकमा

khabarwave
२२ माघ २०७७

काठमाण्डाै । नेकपाको प्रचण्ड—माधव पक्षलेआह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीनै  सडकमा निस्किएका छन् ।असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिका विरुद्ध आफुहरु सडकमा आउन विवश भएको मुख्यमन्त्री शाहीकाे तर्क छ ।
मुख्यमन्त्री शाहीसहित प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दीसिंह बुढा लगायत पनि आमहड्तालको समर्थनमा सडकमा निस्किएका थिए ।
नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर पार्टीको आह्वानमा भएको आमहडतालप्रति ऐक्यबद्धता व्यक्त गरेका छन ।

 

Loading spinner