विप्लव नेतृत्वको नेकपाका नेता बाँस्तोला रिहा गरिए लगत्तै पक्राउ

khabarwave
२२ माघ २०७७

काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण आदेशमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गरिए लगत्तै पक्राउ गरिएको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता माथेमाको संयुक्त इजलासले नेता बाँस्तोलालाई फरक विचार र आस्था राखेकै आधारमा पक्राउ गर्न नपाइने भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

नेता बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको जनाइएको छ ।बाँस्तोलालाई पुस २९ गते ललितपुरको गिम्दीबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले विस्फोटक  विस्फोट गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

 

 

 

Loading spinner