अख्तियार प्रमुखसहित संवैधानिक निकायका पदाधिकारीहरूकाे शपथ

khabarwave
२१ माघ २०७७

काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखआयुक्त प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको  बिहान ९ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण हुँदैछ ।

संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति, सिफारिश  मंसिर ३० गतेको बैठकले गरेको थियो ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

 

Loading spinner